मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तस्विरमा यस्तो देखियो कहीँ नभएको जात्रा (फोटोफिचर)

बिहीबार, १२ कात्तिक २०७२, १६ : ४२
बिहीबार, १२ कात्तिक २०७२

काठमाडौं – नेपालमा एउटा उखानै छ, कहीँ नभएको जात्रा हाडिँगाँउमा । प्रत्येक वर्ष मानिसहरु यस अनौठो जात्रा मनाउन भेला हुन्छ । धेरै वर्षअघि विष्णु भगवान मानिसजस्तो भएर हिडिँरहेका बेला काम गर्दै गरेकी एक महिला दुखाईका कारण आमाको नाम लिएर चिच्याइरहेकी थिइन् । संयोगवस त्यसबेला एक महिलाको भेषमा रहेका भगवान विष्णु त्यही बाटो हिँडिरहेका थिए । उनले ती महिलालाई आमाको सट्टा नारायणको नाम लिन लगाए । तर नौलो मानिस देखेर आत्तिएकी महिलाले उनलाई तत्कालै जान भनिन् । त्यसपछि भगवान्ले आफ्नो इज्जत गएको सोचे र उनी रिसाएर हिमालयतर्फ गए । यता, फलस्वरुप महिलाले १२ वर्षसम्म पनि बच्चा जन्माउन सकिनन् । तर सधैँ पेटमा बच्चा बोकेर पिडामा रहिन् । उनको दुःख देखेर दया लाग्ने गाउँलेहरुले भगवान् नारायणलाई हाडिँगाउमा बोलाउने निर्णय गरे । उनीहरुले लामो खोजी पश्चात भगवान् भेटे तर भगवान्ले हाँडिगाउँ आउन ठाडै इन्कार गरे । त्यतिबेला एक गाउँलेले हाडिँगाउ आएमा भगवान्ले विश्वमै कही नभएको जात्रा देख्न पाउने बताएका थिए । त्यसपछि भगवान्ले जात्रा लाग्ने समयमा हाडीँगाउ भ्रमण गर्ने वाचा गरे । परम्परादेखी के विश्वास गरिएको छ भन्दा त्यस जात्रा हेर्न आएपछि दंग परेका भगवान्ले महिलालाई माफ गरिदिएका थिए । महिलाले बच्चा त जन्माईन्, तर धेरै समयप िजन्मिएको बच्चा स्वस्थ हुन सकेन । अहिलेसम्म पनि हाडिँगाउमा भगवान्लाई खुसी पार्न प्रत्येक वर्ष जात्रा आयोजना गरिदैँ आएको छ । दशैँको दोस्रो दिनपछि जात्राको तयारी सुरु हुन्छ । बुधबार मात्र यो जात्रा हाँडिगाउँमा मनाइएको छ । हेरौं कही तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप