सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा कार्यक्रमबाट ४ लाख नेपालीले गराए बीमा

सोमबार, २४ पुस २०७४, १५ : ००
सोमबार, २४ पुस २०७४

काठमाडौं । सरकारले सचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमले २२ महिना पुगेको छ ।

कार्यक्रम अन्तर्गत अहिले सम्म २२ जिल्लाका ३ लाख ९९ हजार १ सय ५८ जना नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।

स्वास्थ्य बीमा बोर्डका प्रमुख गुणराज लोहनीका अनुसार कार्यक्रम संचालन गरेको २२ महिनामा ४ लाखको हाराहारीमा स्वास्थ्य बीमा कार्यक्रमको सदस्यता बन्नु उपलब्धी मुलक ठानेका छन् ।

बीमाको यो संख्या, बीमा गर्ने उमेर समुहको ६ प्रतिशत हो ।

रातोपाटीसंग कुरागर्दै प्रमुख लोहनीले भने, ‘कार्यक्रम संचालन गरेको २२ महिनामा लक्ष्य पुरा भएको छ ।’

उनका अनुसार आज खोटाङ र भोजपुरमा पनि स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरिएकोे छ ।

यो साताभर रामेछाप जिल्लामा पनि बीमाको कार्यक्रम लागु गरिने छ ।

आउदो असार सम्ममा विभिन्न समयमा गरी १५ जिल्ला थप गरिने लोहनीले बताए ।  

आउने आर्थिक बर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम लागु गर्ने बोर्डको योजना छ ।

सरकारले गरिबीघर पहिचान भएका मध्ये अहिले सम्म १० जिल्लाको बीमा गरेको जनाएको छ ।  
 
स्वास्थ्य बीमा कार्यक्रममा सदस्य लिनेहरुको संख्या    
 
२२ जिल्लामा बीमाको कार्यक्रम संचालन गरिएको  छ भने अहिले सम्म ३२ जिल्लाको स्वास्थ्य संस्थाबाट सेवा लिईरहेका छन् ।

जसअन्तर्गत १ सय ४६ ,बाग्लुङमा ११ हजार ७ सय ७१ ,बैतडीमा ६ सय ६५ बाँकेमा ५ सय १५ ,बर्दीयामा ३ सय ५० , भक्तपुरमा ९ हजार १ सय ,चितवनमा २० हजार ४ सय ७० जनाले सेवा लिईसकेका छन् ।

यस्तै डडेल्धुरामा २ सय ६७ ,दार्चुलामा ४१ ,गोर्खामा ३ हजार ५७ , इलाममा १७ हजार १ सय १३ जाजारकोटमा २ सय ६८ ,झापामा ४ हजार ५ सय ३४ ,जुम्लामा ११ सय २५,कैलालीमा ११ हजार ९ सय ५१ कास्कीमा ३८ हजार ५ सय ४६ ,काठमाण्डौमा ७ सय ४८,ललितपुरमा २ सय ७९ ,लम्जुङमा १ सय ९३ ,मकवानपुरमा ५ हजार २ सय ८० ,मोरङमा १ सय ५,म्याग्दीमा ३ हजार ३ सय १८ ,पाल्पामा ३८ हजार ९ सय २३ ,रोल्पामा ३५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

रुकुममा ४ सय ५१, रुपन्देहीमा २ सय ९ ,सिन्धुलीमा २ सय २८,सोलुखुम्बुमा १८,सुनसरीमा ४ सय २३ ,सुर्खेतमा ७ सय ८ र तनहँमा ४ हजार ४ सय ३७ जनाले स्वास्थ्य सेवा लिईसकेको स्वास्थ्य बीमा बोर्डका पुरुषोत्तम सापकोटाले रातोपाटीलाई जानकारी दिए । 

यो तथ्याङक हेर्ने हो भने स्वास्थ्य बीमा पछि सरकारबाट स्वास्थ्य सेवा लिनेको संख्या ५ जिल्लामा बढी देखिएको छ ।सबै भन्दा धेरै पाल्पा ,कैलाली,कास्की ,चितवन ,इलाम र बाग्लुङ जिल्लामा अन्य जिल्लाभन्दा बढी नागरिकले सेवा लिएका छन् ।    

 हिमाली ३ जिल्लामा सेवा लिनेको संख्या निकै न्यून रहेको छ । सोलुमा सबै भन्दा कम १८ जनाले सेवा लिएका छन् । त्यस पछि रोल्पामा ३५ जना  र दार्चुलामा ४१ जनाले सेवा लिएका छन् ।  

अहिले सम्म ३२ जिल्लाका ३ लाख ९९ हजार १ सय ५८ जनाले सदस्यता लिईसकेका छन् । जसमध्ये १ लाख ७५ हजार २ सय ७४ जनाले सरकारबाट सेवा सुविधा लिईरहेका छन् ।

यसरी गर्न सकिन्छ स्वास्थ्य बीमा
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका शुल्क बुझाउनु पर्ने हुन्छ । अतिरिक्त सदस्यले ४ सय २५ रुपैयाँका दरले बोर्डलाई शुल्क बुझाउनु पर्ने हुन्छ ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने व्यवस्था सहितको स्वास्थ्य बीमा ऐन २०७३ को विधेक पारित गरे संग विपन्न नागरिकको बीमा सरकारलेनै गरिदिने व्यवस्था गरेको छ ।

यस्तै बीमाको रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था छ । जसअन्तर्गत अति विपन्न नागरिकलाई शत प्रतिशत,विपन्न नागरिकलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा शुल्क तिरिदिने व्यवस्था रहेको छ ।

यस्ता छन् सुविधा
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गरेको व्यक्तिले तोकिएको कुनै पनि समयमा सरकारी अस्पतालबाट ओपीडी सेवा,इमर्जेन्सी,ल्याब उपचार ,सामान्य अपरेशन लगायतको उपचार प्राप्त गर्न सक्ने जनाएको छ । यस्तै एम्बुलेन्स सेवा ,खोप ,परिवार नियोजन,सुरक्षित मातृत्व सरकारले तोकेको निशुल्क औषधी पनि बिरामीले पाउने व्यवस्था रहेको छ ।
 

यस्तो अवस्थामा पाईदैन सेवा
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कस्मेटिक सर्जरी,व्यक्तिगत झैझगडाको कारण चोटपटक लागेमा ,मादक पदार्थ सेवनका कारण भएको दुर्घटनामा परी चोट पटक लागेमा ,गर्भपतन गर्नु परेमा यस्ता उपचारलाई बीमामा नसमेट्ने जनाएको छ ।

सेवा पाउने अस्पतालहरु
(क) नेपाल सरकार ,प्रदेश सरकार वा स्थानीय तहद्धवारा सञ्चालित अस्पताल,स्वास्थ्य प्रतिष्ठान,शिक्षण अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्यचौकी ,शहरी स्वास्थ्य क्लिनिक तथा सामुदायिक स्वास्थ्य इकाई ।

(ख) निजीस्तरबाट सञ्चालित अस्पताल,शिक्षण अस्पताल,नर्सिङग होम ,पोलिक्लिनिक तथा क्लिनिक ।

(ग) सामूदायिक ,सहकारी,गैरसरकारी सङघ संस्थाबाट सञ्चालित अस्पताल,शिक्षण अस्पताल,नर्सिङग होम ,पोलिक्लिनिक तथा क्लिनिक ।

(घ) तोकिए बमोजिमका स्वास्थ्य सेवा प्रदान गर्ने अन्य संस्था ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप