मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खराब मौसमका कारण तीनदिनदेखि उडान अवरुद्ध

मङ्गलबार, ०१ मङ्सिर २०७२, १९ : २४
मङ्गलबार, ०१ मङ्सिर २०७२

भोजपुर -  खराब मौसमका कारण निरन्तर तीन दिनदेखि भोजपुर–काठमाडाँै हवाइ उडान अवरुद्ध भएको छ ।

खराब मौसमका कारण तीन दिनमा लगातार पाँच उडान अवरुद्ध भएको नेपाल वायुसेवा निगमका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिए । लगातार उडान अवरुद्ध भएपछि अधिकांश यात्रु मारमा परेका छन् । भोजपुर सदरमुकामबाट टक्सारस्थित विमानस्थल पुग्न पैदल ३० मिनेट लाग्ने गरेको र सो बाटोमा दुई दिनसम्म धाउँदा दुःख पाएको यात्रुहरुले बताएका छन् । कार्यालयका अनुसार मौसममा सुधार आए बुधबार भोजपुर –काठमाडौँ र भोजपुर–विराटनगर गरी चार उडान भर्ने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप