मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकको बसाइँ लम्ब्याउन होम स्टे

बिहीबार, १० मङ्सिर २०७२, १३ : ४५
बिहीबार, १० मङ्सिर २०७२
चितवन–पर्यटकको बसाइँ लम्ब्याउन चितवनको खैरहनीस्थित कुमरोजमा २० वटा होम स्टे निर्माण सुरु भएको छ । तामाङ र चौधरी होम स्टे बनाउन थालिएको हो । केही निर्माण सम्पन्न भएको र कतिपय होम स्टे निर्माण कार्य भइरहेको बुढीराप्ती उपभोक्त समिति कुमरोजका अध्यक्ष नारायणदत्त तिमिलसिनाले जानकारी दिए । “होम स्टेका लागि रु २० लाख सहयोग भएको छ” उनले भने । काठपात स्थानीय सामुदायिक वनले उपलव्ध गराउने कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले बताए । यसअघि बुढीराप्तीले रु छ लाखको लागतमा उक्त गाउँमा छ वटा होम स्टे निर्माण गरिसकेको छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय वनको सहयोगमा यहाँ पाँच वटा दराई होम स्टे निर्माण भइसकेका छन् । “हरेक होम स्टेमा जाति अनुसारको मौलिक खाना पाइन्छ,” होम स्टे सञ्चालक समितिका संयोजक प्रतिमा दराईले भने, “प्रति होम स्टे निर्माणमा करिव चार लाख लाग्छ । अनुदानपछि अपुग रकम सञ्चालक आफैँले हाल्ने गरेका छन् ।” विसं २०६७ देखि होम स्टे सञ्चालन गर्ने योजना ल्याइएको स्थानीय कुलप्रसाद भुसालको भनाइ छ । बुढीराप्ती उपभोक्ता समिति र कुमरोज वनले होम स्टे सञ्चालनमा सहयोग गर्दै आएको छ । पछिल्लो समयमा जिल्लाको कुमरोज पर्यटकिय क्षेत्र बन्दै गएको छ । यहाँ बाघ, गैँडा, चित्तल, भालुलगायत संरक्षित वन्यजन्तुको बासस्थान बढेपछि पर्यटक आकर्षित भएका हुन् । पर्यटकले यहाँ हात्ती सफारीको समेत मजा लिन सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप