मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’

शुक्रबार, १८ मङ्सिर २०७२, ११ : ५८
शुक्रबार, १८ मङ्सिर २०७२
म्याग्दी– पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित ९वाइफाई० इन्टरनेट सेवा सञ्चालन गरिएको छ । वीरेढा“टी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल/रेष्टुरेंन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् । नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेटसहितको रिलेस्टेसन स्थापना गरेपछि यहा“का सबै साना/ठूला होटल/रेष्टुराँले ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गरेका हुन् । वाइफाई सेवा उपलब्ध भएपछि ग्राहकको सङ्ख्यामा वृद्धि भएको होटल/रेष्टुराँ सञ्चालकहरु बताउँछन् । ‘स्वदेशी वा विदेशी जो पाहुनाले पनि पहिला वाइफाई सोध्छ अनि मात्र बास । वाइफाई इन्टरनेट नभएको होटलमा आजभोलि पर्यटकले पाइला राख्नै चाहन्न’ पुनहिलका पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भने । आँखामा ठोक्किन आउने हिमालको छायाँमा बसेर अर्गानिक खानेकुरा खाँदै ल्यापटप, नोटवुक वा मोवाइलमा इन्टरनेट चलाउँदा पर्यटक दङ्ग पर्छन् । वाइफाईले होटल÷रेष्टुराँको ब्यापार पनि फष्टाएको छ । घोडेपानीमा मात्र होइन अन्नपूर्ण पदमार्ग क्षेत्रका बिरेठाँटी, उल्लेरी, घान्द्रुक र संसारको सर्वाधिक गहिरो अन्धगल्छीका पर्यटकीय होटल÷रेष्टुराँहरुमा फ्रि वाइफाई इन्टरनेट जोडेका छन् । नेपाल टेलिकमलगायतका सेवाप्रदायकले शहरदेखि धेरै टाढाका गाउँमा समेत मोवाइलको भ्वाइस मात्र होइन, डाटा आदान–प्रदान गर्न सेवा पु¥याएपछि उपभोक्तालाई सूचना प्रविधिको विश्व सञ्जालमा सजिलै जोडेको छ । केही समय अघिसम्म शहरमा वितरण गरिएको थ्रीजी मोवाइल सेवा अहिले पर्यटकीय वस्ती घोडेपानी, तोतोपानीका वस्तीसम्म पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप