मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकीय सम्भावना रहेको आलिताल संरक्षणविहीन

मङ्गलबार, २२ मङ्सिर २०७२, ०९ : २२
मङ्गलबार, २२ मङ्सिर २०७२
डडेल्धुरा–पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताललाई संरक्षण र संवद्र्धन गर्न सके यस क्षेत्रको आर्थिक उन्नतिमा विकास हुने सर्वसाधारण बताउँछन् । डडेल्धुरा आलिताल गाविसको गोदामबाट तीन किलोमिटर टाढा रहेको ताललाई व्यवस्थित गरी प्रचारप्रसार गर्ने हो भने पर्यटकबाट निकै आम्दानी बढाउन सकिने स्थानीय आलिताल प्रावि चनलाका प्रधानाध्यापक यादव बोगटी बताउँछन् । पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिएको भए तापनि हाल आएर भने बोर्डमा मात्र सीमित रहेको र ताल विकासका लागि कुनै ठोस योजना नभएको स्थानीयवासीले बताएका छन् । सुरुका वर्ष केही कामको थालनी रोड, तालको वरिपरि पर्खाल, पानी निकासलाई व्यवस्थित गर्ने प्रयास गरिएको भए पनि पछिल्ला समयमा खासै काम नभएको स्थानीयवासी युवा रघुवीर धामीले बताए । सम्बन्धित निकायद्वारा तालको उचित संरक्षणका लागि चासो नदेखाउँदा ताल पर्यटकीय आकर्षण बन्न नसकेको स्थानीयवासीले राससलाई गुनासो सुनाए । बजेटका लागि समितिहरु गठन हुने र सो काम सकिएपछि समिति पनि हराएर जाने सर्वसाधारणले बताए । समुद्री सतहबाट ८०० मिटर उचाइमा रहेको आलितालको लम्बाइ एक हजार १७५ मिटर रहेको छ भने चौडाइ करिब ४०० मिटर रहेको आलिताल पर्यटन विकास बोर्डमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप