मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङमा पर्यटक घटे

शुक्रबार, २५ मङ्सिर २०७२, १५ : ०४
शुक्रबार, २५ मङ्सिर २०७२

मुस्ताङ– मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङ भ्रमणमा जाने पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको छ ।

भूकम्प र बन्द हडतालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको छ । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) का अनुसार सन् २०१५ को ११ महिनाको अवधिमा दुई हजार ६६२ पर्यटकले लोमान्थाङ भ्रमण गरेका छन् । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनका अनुसार, जनवरीमा १२, फेब्रुअरीमा आठ, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९, जुनमा ३०, जुलाईमा ११५, अगस्टमा ३१८, सेप्टेम्बरमा ४१८, अक्टोबरमा ८५५ र नोभेम्बरमा ३०२ पर्यटक भित्रिएका छन् ।

गतवर्ष सोही अवधिमा चार हजार पर्यटकले लोमान्थाङ भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ । माटोले निर्मित लोमान्थाङ उपत्यका, पूर्वमुस्ताङी राजाको दरबार, तिब्बतको कलासंस्कृतिको अध्ययन गर्न र रमाउन बर्सेनि हजारौँ विदेशी पर्यटक यहाँ पुग्ने गर्छन् । राउण्ड अन्नपूर्ण पदमार्ग र पोखरा–जोमसोम हवाई उडानमार्फत पर्यटक लोमान्थाङ पुग्ने गर्छन्” शेरचनले भने ।

वैशाखदेखि कात्तिकको पहिलो हप्तासम्म लोमान्थाङ भ्रमणका लागि उत्तम मानिन्छ । मङ्सिर सुरुभएदेखि लोमान्थाङमा पर्यटकको चहलपहल एकदैम सुनसान छ । यहाँ भित्रिने पर्यटकमध्ये अधिकांश जर्मनी, फ्रान्स र नेदरल्याण्डका रहेको बताइएको छ ।

पछिल्लो समय नेपाली पर्यटक पनि भ्रमणमा जाने गरेपनि त्यसको तथ्याङ्क राख्ने गरिएको छैन । नेपाली पनि बिदाको समयमा घुम्न संस्कृतिको विकास भएसँगै लोमान्थाङ पनि रोजाइमा पर्दै जान थालेको स्थानीय इन्द्रधारा विष्टको भनाइ छ । लोमान्थाङ भित्रिने मुख्य नाका कागबेनी र लोमान्थाङ क्षेत्रबाट एक्यापले दैनिक रुपमा पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

सन् २०१४ मा लोमान्थाङमा चार हजार २०० पर्यटकले भ्रमण गरेका तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप