मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोट तारुकादेखि धादिङ जोड्ने पदमार्ग खोल्ने तयारी

शनिबार, ११ पुस २०७२, १३ : ०२
शनिबार, ११ पुस २०७२
काठमाडौं– नुवाकोट जिल्लाको तारुका हुँदै धादिङ जोड्ने नयाँ पदमार्ग खोल्ने तयारी गरिएको छ । उक्त पदमार्गले तारुका वडा नं. ४ आरुबोटे हुँदै बँदेली, ढकालगाउँ, शिवालय थान, जोरचौतारा, तेर्सेपानी, खानीगाउँ, कौसिनी, काउलेको बाटो हुँदै धादिङ धुवाँकोटबाट पुनः तारुकालाई जोड्ने छ । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा उक्त पदमार्ग खोल्ने तयारी गरिएको हो । उक्त पदमार्गको सम्भावना धेरै रहेको र रुट निकै प्रभावकारी हुने भएकाले आफूले यस्तो सोच बनाएको लम्सालले बताए । रुटबाट हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ । राजधानीबाट पनि नजिक रहेकाले रुटले छिट्टै गति लिने दावी लम्सालले गरे । पदमार्गले तारुकाको सुन्दरता थप्ने भन्दै जनताको जिवनस्तर उकास्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने दावी पत्रकार शिब अधिकारीले गरे । पदमार्ग निर्माणबारे अध्ययन अवलोकनका साथै कार्यन्वयन गर्नका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप