बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

आइतबार नेपालको दोस्रो खेल भारतसँग

शनिबार, ११ पुस २०७२, २२ : ५२
शनिबार, ११ पुस २०७२

काठमाडौँ– दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आइतबार हुनेछ ।

भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आइतबार साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ ।

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क सुम्पियो । त्यस्तै, भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ ।

भारतसँगको हारका बाबजुद श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना भने जीवित छ । अर्कोतिर, पहिलो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ तर सकिएको छैन । अब नेपालले भारतलाई हराउँदा मात्र सेमिफाइनल यात्रा सुरक्षित छ । तर, प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीले पुराना गल्ती सुधार्दै शतप्रतिशत तागत लगाएर खेल्न जरुरी छ ।

यसअघि, श्रीलङ्कासँग अधिकांश समय खेल नियन्त्रणमा लिनका बाबजुद नेपालले अतिरिक्त समयमा आफ्नै गल्तीमा गोल खाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप