बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो अस्पताल भर्ना

शनिबार, ११ पुस २०७२, २३ : २९
शनिबार, ११ पुस २०७२

विराटनगर–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना भएका छन् ।

विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो ।

झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा पाँचजना प्रर्दशनकारीलाई पक्राउसमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप