बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

आन्दोलनकारीद्वारा बसमा तोडफोड

सोमबार, १३ पुस २०७२, १३ : ३८
सोमबार, १३ पुस २०७२

सप्तरी–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान यहाँ एउटा बसमा तोडफोड गरेका छन् ।

मोर्चाका कार्याकर्ताले राजविराजबाट काठमाडौँ जाँदै गरेको ना५ख २८२ नं को बसलाई राजविराज–रुपनी सडकखण्डअन्र्तगत पाँच किलो भने ठाउँमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट बसको अगाडिको सिसा फुट्नुका साथै सप्तरीको शारस्वर–५ निवासी बस चालक महेन्द्रप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप