बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिन्छ : अध्यक्ष ठाकुर

सोमबार, १३ पुस २०७२, १४ : १३
सोमबार, १३ पुस २०७२

काठमाडौँ– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताएका छन् ।

पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उनले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताए । “तराई–मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”–अध्यक्ष ठाकुरले भने ।

औपचारिक रुपमा सरकारले तीनबुँदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उनले नेपाली काँग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताए ।

“अहिलेको मधेसको आन्दोलन जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहनामा छौं”–अध्यक्ष ठाकुरले थपे । उनले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप