बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा भोलिदेखि चलचित्र ‘धौली’ प्रदर्शन

बिहीबार, १६ पुस २०७२, ०९ : ५१
बिहीबार, १६ पुस २०७२
काठमाडौंको प्रेश सो बाटै मल्टिप्लेक्समा थपियो डबल सो काठमाडौं– गएको शुक्रवारदेखि उपत्यका बाहिरका हलहरुमा प्रर्दशन भएको चलचित्रलाई दर्शकरुले सकारात्मक सन्देश दिएका छन् । भोलि अर्थात शुक्रबारबाट काठमाडौं उपत्यकाका सबै हलहरुमा प्रर्दशन हुने चलचित्र धौलीको बुधबार बागबजारस्थित सिटी म्याक्स हलमा पत्रकार शो समेत गरिएको थियो । काठमाडौंका संचारकर्मी, समिक्षक तथा चलचित्रसँग सम्वन्धित व्यक्तिहरु र चलचित्र वितरकहरुको लागि गरिएको सो प्रर्दशनबाट आशा गरेभन्दा बढी राम्रो रहेको भन्दै काठमाडौंका मल्टिप्लेक्स हलहरुमा दैनिक दुईबाट चार सो बनाएको कार्यकारी निर्माता किरण कुमार आत्रेयले जानकारी दिए । उनका अनुुसार काठमाडौंका सबै मल्टिप्लेक्स हलहरुमा दैनिक चार सो हुने छ । प्रेश सो मा सहभागि चलचित्र निर्माता, कलाकार, निर्देशक, समिक्षक तथा प्राविधिकहरुले चलचित्र ग्रामिण भेगको परिवेश र कथा पनि निकै मार्मिक रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले लामो समयपछि नेपाली परिवेशको अर्गानिक चलचित्र हेर्न पाएको पनि धारणा राखेका थिए । अंग्रेजी नयाँ वर्ष सँगसँगै काठमाडौंमा प्रदर्शन हुने फिल्म धौलीका लागि निर्माण यूनिट यतिबेला काठमाडौं केन्द्रीत बनेको छ । सम्पूर्ण निर्माता तथा निर्देशक पोखराका रहेको यो फिल्मको निर्माण यूनिट काठमाडौं पुगेर आवश्यक प्रचारलाई तिव्रता दिइरहेका छन् । उपत्यका प्रदर्शनका लागि निर्माताहरु सन्तोषकुमार आत्रेय, सम्भु थापा, निर्देशक घनश्याम लामिछाने, मूख्य अभिनेता विष्णु गौतमलगायत देश दौडाहा भ्याएर काठमाडौं आइपुगेका छन् । मोफसलका शहरको प्रदर्शनबाट राम्रो दर्शक प्रतिक्रिया पाएको धौली फिल्मको यूनिट काठमाडौं प्रदर्शनलाई लिएर अझैँ बढि आशावादी देखिएको छ । काठमाडौं बाहिरका शहरहरुमा प्रदर्शन भैरहेको यो फिल्मको मौलिक पक्षलाई दर्शकले विशेष रुचाएको चलचित्रका निर्देशक घनश्याम लामिछानेले बताए । ‘काठमाडौं बाहिरको दर्शक प्रतिक्रियाले हामी उत्साहित बनेका छौँ । हेरेका जति दर्शकले फिल्म रुचाइदिनुभएको छ ।’ लामिछानेले भने, ‘काठमाडौंका दर्शकले फिल्मलाई अझै रुचाउने हामीले अनुमान लगाएका छौँ ।’ विशेषगरि काठमाडौंका मल्टिप्लेक्स दर्शकले फिल्मलाई रुचाउने अनुमान निर्माण पक्षको छ । श्रीमान् विदेश हुँदा नेपालमा बस्ने श्रीमतीहरुको पीडा के हुन्छ ? उसलाई समाजले कस्तो दृष्टिले हेर्छ । र, उसलाई गरिने व्यवहार कस्तो हुन्छ । यी र यस्तै कथा बुनिएको फिल्म ‘धौली’ यो शुक्रबारदेखि नेपालभर प्रदर्शन हुँदैछ । विदेश गएका श्रीमान्को अत्तोपत्तो छैन । खबर केहि आउने हैन । अर्काको घरमा मजदुरी गरेर छोरा पाल्नुपर्ने बाध्यता भएको एउटी दलित महिला नै ‘धौली’ चरित्र हो । गीता अधिकारीले फिल्ममा ‘धौली’को भूमिका निभाएकी छन् । समाजको कथा बोक्ने यो फिल्मलाई लिएर अभिनेत्री गीता अधिकारी यतिबेला निकै आशावादी छिन् । श्रीमान् विदेश भएको बेलामा अर्कैसँग मायाप्रेममा फँस्ने ‘धौली’लाई त्यसपछि कस्ता बाधा र व्यवधान पर्छन् त ? यो कुरा थाहा पाउन भने फिल्म हेर्नैपर्ने हुन्छ । फिल्म धौलीलाई निर्माण पक्षले यसलाई नेपालीपन बोकेको फिल्म भनेका छन् । फिल्ममा लोपोन्मुख प्रथा, झाँकी प्रथा, झारा बोलाउने प्रचलन जस्ता गाउँघरका क्रियाकलाप समेत समेटेको छ । दलित महिला ‘धौली’ र ब्राह्मण युवाबीचको प्रेम सम्बन्धका कारणले आउने समस्यालाई यो फिल्मले कथावस्तुमा बुनेको निर्माणपक्षले जनाएको छ । यो फिल्ममा गीता अधिकारी प्रमुख भूमिकामा देखिएकी छन् । त्यस्तै विष्णु गौतम, प्रकाश घिमिरे, गजित विष्ट, विद्या कार्की, सम्भु थापा, अनु शाहलगायतले फिल्ममा अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप