बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बुबाको स्मृतिमा क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोग

बिहीबार, १६ पुस २०७२, १० : ११
बिहीबार, १६ पुस २०७२

झापा– झापाका दुई युवाले आफ्ना बुबाको वार्षिक पुण्य तिथिमा बिर्तामोडस्थित देवी क्याम्पसलाई कम्प्युटर सहयोग प्रदान गरेका छन् ।

झापा गरामनी–९ निवासी स्वर्गीय शालिगराम पाठकको स्मृतिमा छोराहरु सागर र हिमाल पाठकले क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोगस्वरुप बुधबार हस्तान्तरण गरे ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिचरण शिवाकोटी र क्याम्पस प्रमुख लेखनाथ भट्टराईलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

अति विपन्न समुदायका विद्यार्थी अध्ययनरत रहेको उक्त क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि आगामी दिनमा समेत कम्प्युटर सहयोग गर्ने उनीहरुले प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका पुराना नेता एवम् समाजसेवी शालिगराम पाठकको गत वर्ष निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप