बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

राँगाको आक्रमणमा परी महिलाको मृत्यु

बिहीबार, १६ पुस २०७२, १४ : ३३
बिहीबार, १६ पुस २०७२

गौशाला–गएराति महोत्तरीको सम्सी गाविसमा राँगाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी–८ बस्ने चन्दरदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यसैगरी, सोही आक्रमणमा परी स्थानीय ५० वर्षीय महन्थराम यादव र १६ वर्षीय राजु यादव गम्भीर घाइते भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । घाइते यादवद्वयलाई स्थानीय निजी क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि भारत विहार राज्यको सीतामढी सहरमा लगिएको प्रहरीले जनाएको छ ।

गएराति करिब ७ बजेको समयमा सम्सी–८ स्थित दुर्गा मन्दिर नजिकै बसिरहेका स्थानीयवासीलाई वनतिरबाट आएका राँगाले आक्रमण गरेपछि सो घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप