बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बिहेको कुरा नमिलेपछि कृष्ण कुमारीको हत्या

बिहीबार, १६ पुस २०७२, १५ : २९
बिहीबार, १६ पुस २०७२

उदयपुर– चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।

कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।

उक्त दिन जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।

सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप