बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

२० वर्षपछि ७० वर्षीय फरार अभियुक्त पक्राउ

बिहीबार, १६ पुस २०७२, १५ : ४४
बिहीबार, १६ पुस २०७२

सिरहा–सिरहा प्रहरीले हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको टोलीले फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२ ) का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घरमै पुुगेर पक्राउ गरिएको निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते ६ महिना कैदको फैसला सुनाएको थियो ।

कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । समाजमा शान्ति सुरक्षा कायम राख्नको निम्ति अपराधिहरुलाई खोजी–खोजी कारवाही चलाइरहेका छन् । यता, ईलाका प्रहरी कार्यालय गोलबजारले अहिले एक हप्ते लागुऔषध गाजा फडानी कार्यक्रम जारी राखेका छन् ।

कार्यक्रम अन्तर्गत त्यस क्षेत्रको दर्जनौ गाविसमा लुकाई गरिएको गाजा खेती नष्ट गरिएको छ भने तस्करहरुको चलखेल समेत बन्द गरिएको जानकारीमा आएको छ । निरिक्षक निरौलाले गोलबजार क्षेत्रमा सिसि क्यामरा जडान गर्नुका साथै शान्ति सुरक्षाको लागि बिभिन्न स्थानमा प्रहरी बिट पनि निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप