बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा पन्ध्रवटा खसी र दुई क्विन्टल दाल बरामद

शुक्रबार, १७ पुस २०७२, १० : २४
शुक्रबार, १७ पुस २०७२

गौशाला– महोत्तरी प्रहरीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१४ बाट आज बिहान १५ वटा खसी बरामद गरेको छ ।

प्रहरीचौकी भिट्ठामोडबाट खटिगएको गस्ती टोलीले बिहान ६ः०० बजे भारतबाट भन्सार छली चोरी–पैठारी भइआएको १५ वटा खसी बरामद गरेको प्रहरी निरीक्षक नरेश महतोले बताए ।

विगत चार महिनादेखि जिल्लामा चलिरहेको नाकाबन्दीको फाइदा उठाउँदै भारतबाट चोरी तस्करी दिनहुँ सयौँ खसीबोका नेपाल भित्रिने गरेकामा आज बिहान एकै साथ प्रहरीले १५ वटा खसी बरामद गर्न सफल भएको हो ।

ती खसी प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी गरिरहेको छ ।

यसैगरी महोत्तरीको पूर्वी नाका मटिहानीमा भारतबाट चोरी–पैठारी भइआएको दुई क्विन्टल दाल आज बिहान प्रहरीले बरामद गरेको छ । एकाबिहानै भारतको मधवापुर बजारबाट खरिद गरी भन्सार छली चोरी–पैठारी गरी मटिहानी–७ स्थित बाटोमा ल्याइराखेको अवस्थामा सो दाल बरामद गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । नाकाबन्दीको मौका छोपी चोरी–तस्करी गरिल्याएको सो दाल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप