बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भोकै बस्छौं तर झुक्दैनौं : केसी

शुक्रबार, १७ पुस २०७२, १० : ००
शुक्रबार, १७ पुस २०७२

रुकुम–नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीले पछिल्लो समयमा भारत सरकारले जतिपटक नाकाबन्दी गरेपनि नेपालीहरु बरु भोकै बस्छन्, तर कहिल्यै नझुक्ने बताएका छन् । बिहीबार नेकपा एमालेले रुकुमको कोटजहारीमा गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य केसीले यस्तो बताएका हुन् ।

तराईवादी दलहरुले गरेको आन्दोलनको नाममा नेपालीहरुलाई नाकाबन्दी गरेर झुकाउन खोजेको भन्दै नेपालीहरु पूर्खौदेखि नझुकेको भन्दै अब पनि कहिल्यै नझुक्ने बताएका छन् । नाकाबन्दी लगाएर नेपालीहरुलाई जति दुख दिएपनि नेपालीहरुले दुखलाई शक्तिमा बदल्न जानेको तर झुक्न नजानेको नेता केसीले बताए ।

संविधानका असन्तुष्टिका लागि संसदबाट नै समाधान खोज्नुको सट्टा नाकाबन्दी गरेर मधेसवादी दल र भारत सरकाले नेपालीलाई जति नै झुकाउन खोजेपनि नेपालीहरु कोही विदेशीसामु नझुक्ने बताए । अब नेपालीहरु आत्मनिर्भरका लागि संघर्षरत गर्ने र अरु देशसँग पनि व्यापार सम्झौता गर्ने बताए । भारतसँग मात्र व्यापार सम्झौता गरेकोले भारतले हेला गर्न खोजेको भन्दै अब नेपालीहरु आत्मनिर्भर भएपछि कहिल्यै झुक्न नपर्ने बताए । संविधान प्रचार प्रसार तथा गाउँ जागरण कार्यक्रम अन्तरगत एमाले रुकुम अहिले गाउँ जागरणमा गाउँ पसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप