बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कालोबजारी नियन्त्रण गर्न प्रशासन बजार अनुगमनमा सक्रिय

शुक्रबार, १७ पुस २०७२, १० : ५२
शुक्रबार, १७ पुस २०७२

कालीकोट–भारतीय अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य सामानमा भएको अभावसँगै कालोबजारी बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले बजार अनुगमनमा कढाई गरेको छ ।

लामो समयदेखि भारतीय नाकाबन्दीका कारण कालीकोट जिल्लाका साथै समग्र कर्णालीमा दैनिक उपभोग्य सामानको अभावसँगै दिन प्रतिदिन मुल्यवृद्धि हुँदा कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कालीकोटले यस्तो कढाई गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले नाकाबन्दीको समस्याका कारण दैनिक उपभोग्य वस्तुहरुको अभावसँगै कालोबजारी बढ्ने, म्याद नाघेका बस्तुहरु बिक्री वितरण हुने, समानहरुको कृत्रिम अभाव सिर्जना गर्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न साताको प्रत्येक शनिबार र सार्बजानिक बिदाको दिन जिल्लाका विभिन्न स्थानमा रहेका बजारहरुको अनुगमन गर्न सुरु गरिएको बताए ।

बुधबार तमु ल्होसारको सार्वजनिक बिदा परेकाले कालीकोट जिल्लाका ग्रामिण स्तरमा रहेका मोल्पा बजार, पिली बजार, सेराबाडा बजार, बाली बजार, राचुल िबजार, नाग्मा बजारलगायतका स्थानीय बजारहरु र यातायातका साधनहरुको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला प्रहरी प्रमुख किशनसिंह बुडाल, उद्योग वाणिज्य संघका सचिव तिर्थबहादुर शाहीलगायतका सरोकारवालाहरुसहितको टोलीले जुम्ला सुर्खेत सडकखण्डको कालीकोट खण्डका स्थानीय बजार क्षेत्रहरुका साथै सवारी साधनहरुको चेकजाँच गरेका छन् ।

जिल्लाका ग्रामिण स्तरका बजारहरुमा पसल दर्ता भए नभएको, म्याद नाघेका सामानहरुको जफत, उपभोक्ता सचेतना जोगाउनुका साथै बढी मान्छे बोक्ने र यात्रुबाहक बसहरुले व्यपारीक सामान बोकेकाहरुलाई कारबाही पनि गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेकाअनुसार अनुगमनका क्रममा ट्राफिक नियमको पालना गर्ने र बढी यात्रु बोक्ने ३ बस, २ ट्रक र १ मोटरसाईकलाई कारबाही गरी २८ सय जरीवाना गरिएको छ ।

यस्तै सडक आसपासका बजारहरुमा म्याद नाघेका ३ हजार मुल्य बराबरका बिस्कुट र मसालादार सामानहरु जफत गरी नष्ट गरिएको छ । मुलुकमा नयाँ संविधानको घोषणासँगै मुलुकको संघीय संरचनामा प्रदेशको सीमा विवादसँगै मधेसमा भइरहेको आन्दोलनका कारण समग्र कर्णालीका नागरिकहरु दैनिक उपभोग्य सामानको अभाव र चर्को मुल्यको मारमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप