बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मानवअधिकार रक्षकहरू मानवअधिकारमैत्री हुनुपर्छ : अध्यक्ष प्याकुरेल

शुक्रबार, १७ पुस २०७२, ११ : ३३
शुक्रबार, १७ पुस २०७२

काभ्रे–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले मानवअधिकार रक्षकहरूले वैज्ञानिक चिन्तन राख्नुपर्नेमा जोड दिएका छन् । मानव विकास सुचाकंले दुरीको कुरा नगरेर समयको कुरा गरेको उल्लेख गर्दै उनले समाज विकासको गति, अपराध र पून्यसँग आधारित भएर सचेत चिन्तन र व्यवहारले ल्याएको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा धुलिखेलमा आयोजित मानवअधिकार रक्षकका लागि क्षमता अभिवृद्वि तालिमको समापनका समयमा उनले उक्त कुरा बताएका हुन् । राज्यले अवसरको समानता भनिरहँदा क्षमता विकासको चरणमा अतिरिक्त प्रवन्ध गर्नुपर्ने सवाल उठाउँदै यसमा भेदभाव पनि अनुकुल हुने उनको धारणा थियो– ‘आफूसँग भएका स्रोत र साधनलाई न्यायोचित वितरण गर्नुपर्छ ।’ एउटा जात वा समुदायलाई गोलबन्द गरिँदा समाजमा साम्प्रदायिकता बढ्ने धारणा राख्दैं मानवअधिकारको कुरा गर्दा सबै वर्ग, क्षेत्र र समुदायका सवाललाई उठाउन उनले जोड दिए– ‘हिमाल, पहाड र मधेस भनेर होइन, विचार र चिन्तनको कुरा गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप