बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सुनसरीको छिटाहामा दुई घरमा आगलागी, दश लाख बराबरको क्षति

शुक्रबार, १७ पुस २०७२, १२ : ५५
शुक्रबार, १७ पुस २०७२

इटहरी– सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस–४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा रु दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको बताएको छ ।

मेहता परिवारको घरमा लागेको आगोका विषयमा अनुसन्धान भई रहेको तथा ती दुबै घरमा लागेको आगोलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै नियन्त्रण गरिएकाले अरु बढी नोक्सानी भने हुन नपाएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप