बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

हतियारसहित दुईजना पक्राउ

शुक्रबार, १७ पुस २०७२, १२ : ५७
शुक्रबार, १७ पुस २०७२

कपिलवस्तु– जिल्लाको बहादुरगञ्जबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहादुरगञ्ज गाविस–६ का ४५ वर्षीय मुस्ताक अहमद र सोही स्थानका १८ वर्षीय रिजुवान अन्सारी रहेका छन् ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले यी दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताए ।

पक्राउ भएका दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप