बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा हिमपात, उच्च क्षेत्रमा चिसो बढेसँगै जनजीवन प्रभावित

शुक्रबार, १७ पुस २०७२, १३ : १६
शुक्रबार, १७ पुस २०७२

ताप्लेजुङ– बिहीबार दिउँसो सामान्य वर्षा भएसँगै ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिदेखि नै जिल्लाका उच्च भेगमा हिमपात भएको हो ।

हिमपातका कारण जिल्लाको उत्तरी भेगका उच्च क्षेत्र ओलाङ्चुङ्गोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यस्तै जिल्लाका अन्य उच्च क्षेत्रमा पर्ने बस्तीको जनजीवनसमेत प्रभावित बनेको छ । प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि बाक्लो हिमपात हुँदा पाथिभरा दर्शनार्थी पनि प्रभावित बनेका छन् । उच्च क्षेत्रका बस्तीमा हिमपात भएसँगै एक्कासि चिसो बढेको स्थानीयवासीले बताएका छन् ।

चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । यस्तै जिल्लाका उच्च क्षेत्रमा पर्ने याम्फुदिन, मामांखे, फाकुम्वा, इखाबु लगायतका क्षेत्रमासमेत अत्यधिक चिसो बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप