बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न टोली गाउँगाउँमा

शुक्रबार, १७ पुस २०७२, १३ : २०
शुक्रबार, १७ पुस २०७२

काठमाडौँ– पूर्व सभासद् विनोद पहाडीको नेतृत्वमा गठित एक अध्ययन टोलीले भूकम्प प्रभावित विभिन्न जिल्लाको अध्ययन गरेको छ ।

समता फाउन्डेसन र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले संयुक्तरूपमा आयोजना गरेको सो अध्ययन टोलीले दोलखा, सिन्धुपाल्चोक, गोरखा र तनहुँ जिल्लाका भूकम्प प्रभावित दलित र सीमान्तकृत सुमदायको आवस्थाबारे अध्ययन तथा अनुगमन गरेको हो ।

टोलीले त्यहाँका स्थानीय भूकम्पपीडित, नागरिक समाज, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग समेत छलफल गरेको संयोजक पहाडीले जानकारी दिए ।

टोलीमा सहसंयोजक डा बुद्धि नेपाली र सदस्यहरू सभासद् कमला विश्वकर्मा, दलित अधिकारकर्मीद्वय गौरा नेपाली र गोपालवादी राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सुनार र अनुसन्धानकर्ता तेजमान तामाङ रहेका छन् ।

अनुगमनका क्रममा भूकम्पपछि पुनःनिर्माण कार्यले प्राथमिकता नपाउँदा टहरामै बस्न बाध्य खास गरी आर्थिक रूपमा विपन्न दलित र उत्पीडित समुदाय चिसोका कारण बिरामी पर्दै गएको पाइएको सभासद् तथा टोली सदस्य कमला विश्वकर्माले राससलाई जानकारी दिए ।

“भूकम्प प्रभावित जिल्लाका दलित र उत्पीडित समुदायमा आवास, खाद्यान्न, लत्ताकपडाको समस्या हुँदा बिरामी बढ्दै गएको पाइएको छ” – संयोजक पहाडीले भने । टोलीले भूकम्प प्रभावित अन्य जिल्लाको समेत अनुगमन गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप