बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

टर्कीमा पिकेकेका १२ विद्रोही मारिए

शुक्रबार, १७ पुस २०७२, १३ : ४५
शुक्रबार, १७ पुस २०७२

आङ्कारा– टर्कीमा विगतदेखि हिंसा फैलाउदै आएको कुर्दिस वर्कर पार्टी ९पिपिके० विद्रोही विरुद्ध त्यहाँको सेनाले दक्षिणपूर्वी टर्कीमा गरेको कारबाहीमा परी कम्तीमा पनि १२ जना मारिएका छन् । टर्कीको सेनाले सो कारबाही जारी राखेको बताइएको छ । सेनाले उक्त क्षेत्रमा गत महिनादेखि आक्रामक कारबाही सुरु गरेको थियो ।

सो कारबाहीमा परी गत शुक्रबार मात्र १२ जनाको ज्यान गएको थियो । सेनाले सो क्षेत्रको कारबाहीलाई पनि जारी नै राखेको जनाएको छ । शुक्रबारको कारबाहीका क्रममा मारिएका लडाकूको सङ्ख्या १२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

गत २४ घन्टायतादेखि जारी रहेको सो कारबाहीको क्रममा ती विद्रोही मारिएको जानकारी टर्कीस् सेनाले एएफपीलाई दिएको छ ।

टर्कीस् सरकारी समाचार समिति आनाटोलियाले पाँच दिनयतादेखि सेनाले सो क्षेत्रमा आक्रामक कारबाही थालेको जनाएको छ । टर्कीको दक्षिणपश्चिमी राज्यमा उनीहरुका विरुद्ध कारबाही जारी रहेको जनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप