बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले उपत्यकामा न्यानो महसुस

शुक्रबार, १७ पुस २०७२, १६ : ४७
शुक्रबार, १७ पुस २०७२

काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित पहाडी भेगको मौसम बदली हुँदा तापक्रममा केही सुधार आएको छ ।

उक्त वायुको प्रभावले उपत्यकाको तापक्रममा थोरै वृद्धि हुँदा आज केही न्यानो महसुस भएको छ ।

यद्यपि उपत्यकामा चर्को घाम नलागेका कारण बिहानीपख बढी चिसो भएको थियो ।

पश्चिमी वायुको प्रभावले आंशिक बदली हुँदा आज उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस पुगेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

पछिल्ला केही दिन निरन्तर तापक्रम घटेर चिसो बढेका बेला आज मौसम बदलीका कारण उपत्यकामा केही न्यानो महसुस भएको छ । पुसको पहिलो साता उपत्यकाको न्यूनतम तापक्रम घटेर शून्य डिग्रीसम्म पुगेको थियो ।

मौसमविद् कँडेलका अनुसार पहाडी भेगमा एक दुई स्थानमा वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

न्यूनतम तापक्रम बढेपनि उपत्यकामा चर्को घाम भने लाग्न सकेको छैन । अझै एक/दुई दिन उपत्यकाको मौसम स्थिर रहने बताइएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १९ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप