बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सांसद कार्यक्रममा नजाने भएपछि यातायात मजदुरले घर घेर्न छोडे

शनिबार, १८ पुस २०७२, १४ : १५
शनिबार, १८ पुस २०७२

दाङ–मालीका कालिका प्रालीले आयोजना गरेको उद्घाटन कार्यक्रममा सांसद नजाने भएपछि राप्ती समितिका मजदुरहरुले संसाद बुद्धिराम भण्डारीको घर घेराउन गर्न छोडेका छन् । कार्यक्रम स्थलमा जानबाट रोक्न विहानै देखि सांसद भण्डारीको घर घेराउ गरेका मजदुरहरुले प्रालीले अयोजना गरेको कार्यक्रममा उनी नजान मौखीक प्रतिवद्धता जनाए पछि घर घेराउन गर्न छोडेका थिए ।

विहान ७ बजे संसादको घरमा पुगेका सयौं मजदुरहरुले ११ बजे सम्म घर घेराउ गरेका थिए । संसाद भण्डारीले जनाएको प्रतिवद्धता अनुसार उनिहरुले ४ घण्टा पछि घेराउ कार्यक्रम स्थगन गरेका हुन् ।

दाङ काठमान्डौका लागि संचालन गर्न लागेको डिलक्स गाडिको उद्घाटन गर्न संसाद भण्डारी काठमान्डौबाट हिजो साँझ तुलसीपुर आइपुगेका थिए ।

यसै विषयमा प्रतिकृया लिन खोज्दा संसाद भण्डारीले पछि कुरा गरौला भन्दै फोन काटेका थिए ।

राप्ती समितिका मजदुरहरुले घर घेराउ गरेको जनाकारी पाए लगत्तै गएको प्रहरीलाई संसाद भण्डारीले आफना कार्यकर्ता भेट्न आएको बताएका थिए । भण्डारीको घर देखि करिब २ सय मिटर टाढाको दुरीमा प्रालीको कार्यक्रम चलीरहदा आफुलाई प्रमुख अथिती बनाइएको क्रार्यक्रम छोडेर उनि भने करिब ८ किलोमिटर टाढाको दुरीमा रहेको उरहरी स्कुलले आयोजना गरेको अभिभावक भेलामा पुगेका छन्् । कार्यक्रमको प्रमुख अथिती बनेका भण्डारी, कार्यक्रममा नगए पनि प्रालीले भने ३ घण्टा ढीलो गरि उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विहान ८ बजे उद्घान गर्ने कार्यक्रम तय गरेको प्रालीले पौने ११ बजे उद्घाटन कार्यक्रम सुरु गरेको थियो । प्रमुख अथिति विना कार्यक्रम सुरु भएको थियो । कार्यक्रमका सहभागीले संसाद भण्डारी नआएर जनताको अबमुल्यन गरेको भन्दै दुःख व्यक्त गरेका छन् । हिजो मात्रै जिल्ला प्रशासन कार्यालयको समन्वयमा घोराहीमा बसेको बैठमा दुबै समितिले स्वस्थ प्रतिस्पर्धामा गाडि चलाउने सहमती गरेका थिए । प्रालीले विहान र साँझ गरि २ वटा गाडि दैनिक संचालन गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप