बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विश्वमै दुर्लभ गिद्ध भेटियो

शनिबार, १८ पुस २०७२, ११ : ३१
शनिबार, १८ पुस २०७२
जाजरकोट–विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो । वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ । मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ । आधा मिटर अग्लो गिद्ध अहिले सन्चो हुँदै गएको र निको हुने वित्तिकै छाडिने विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप