बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मध्यरातमा पुरुषको सडकपेटीबाट उद्धार

शनिबार, १८ पुस २०७२, ११ : ३३
शनिबार, १८ पुस २०७२

चितवन– जाडोको समयमा चितवनको नारायणगढस्थित सडकपेटीमा कष्टकर जीवन बिताउँदै आएका एक पुरुषको उद्धार गरिएको छ ।

मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीको नेतृत्वमा गएको टोलीले गएराति उनको उद्धार गरी आश्रम चितवनमा ल्याइएको छ ।

मानसिक समस्यासमेत रहेका उनको अहिले उपचार तथा मनोविमर्श सेवासमेत सुरु गरिएको आश्रमले जनाएको छ । उनको नाम ठेगाना खुलेको छैन ।

चितवनमा करिब एक महिनाको अवधिमा आश्रमले यस्ता सडकपेटीमा कष्टकर जीवन बिताउँदै आएका २८ जनाको उद्धार गरिसकेको जनाएको छ । आश्रमकी अभियान्ता रुपा केसीले खोजीखोजी यस्ता व्यक्तिलाई उद्धार गर्ने गरिएको बताइन् ।

आश्रमको मुख्य कार्यालय हेटौँडामा छ । अहिलेसम्म ३०० भन्दा बढीको उद्धार भइसकेको छ । करिब १०० जना परिवारमा पुनर्मिलनसमेत गराइसकेको छ ।

अहिले आश्रमले चितवनसहित हेटौँडा र काठमाडौँमा आश्रम सञ्चालन गरेको छ । यो अभियान देशव्यापी गराउने लक्ष्य रहेको अभियान्ता केशव अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप