बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

खाजा खर्च कटाएर विद्यार्थीले दिए आगलागीपीडितलाई शैक्षिक सामग्री

शनिबार, १८ पुस २०७२, ११ : ३८
शनिबार, १८ पुस २०७२

खोटाङ–जिल्लाको एक निजी विद्यालयका विद्यार्थीले आगलागीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा–९ मा अध्ययनरत छात्रछात्राले आफ्नो दैनिक खाजा खर्च कटाएर जम्मा गरेको रकमले शैक्षिक सामग्री खरिद गरेर दिक्तेल नगरपालिका–२ का आगलागीपीडित विद्यार्थीलाई प्रदान गरेको हो ।

विद्यार्थीले गत पुस २ गते दिक्तेल नगरपालिकाको रत्नपार्कमा भएको भीषण आगालागीबाट पीडित बनेका विद्यार्थीलाई स्कुल ब्याग, कापी, जमेट्रीबक्सलगायत शैक्षिक सामग्री खरिद गरेर प्रदान गरेको शिक्षक पार्जुन राईले जानकारी दिए ।

शिक्षक राईका अनुसार दिक्तेल इङ्ग्लिस उच्च माविमा अध्ययनरत हीरालाल पुरीका दुई छोरी र एक छोरालाई रु १२ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।

आगलागीपीडित पुरी परिवारलाई यसअघि उद्योग वाणिज्य सङ्घले रु दुई लाख ५८ हजार ४५१ र नेपाली काँग्रेस खोटाङले रु ४५ हजार राहत रकम प्रदान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप