बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पन्जाव हमालापछि भारतमा सुरक्षा खतरा

शनिबार, १८ पुस २०७२, १२ : ०८
शनिबार, १८ पुस २०७२
पञ्जाव (एजेन्सी)–भारतको पन्जावमा ५ महिनाभित्र अर्को आतंककारी हमाला भएको छ । भारतीय पक्षले आतंककारी हमालामा पाकिस्तानीहरु संलग्नता रहेको दाबी गरेको छ । पन्जावस्थित एयरफोर्स स्टेशनमा लगातार ७ घण्टासम्म इन्काउन्टर चलेको थियो । अहिलेसम्म चार आंतककारी मारिएको बताइएको छ । तर सर्च अपरेशन अझै जारी छ । यस क्रममा भारतीय सेनाका दुई जवानको मृत्यु भएको छ । त्यस्तै एक सर्वसाधारण मारिएका छन् भने अर्का एक सर्वसाधारण घाइते छन् । घटनाअघि बिहिबार राती गुरदासपुरका पूर्व एसपी तथा पुलिसका असिस्टेन्ट कमान्डेन्टलाई ४ अज्ञात आंतककारीहरुले अपहरण गर्ने कोसिस गरेका थिए । हमालापछि दिल्लीमा माथिल्लो तहको बैठक बसेको थियो । घटनापछि भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानसहित सबै छिमेकी देशसँग शान्ति र भाइचाराको सम्बन्ध राख्ने भारतको उद्धेश्य रहेपनि देशको सुरक्षामाथि भएको हमाला क्षम्य नहुने प्रतिक्रिया दिएका छन् । कसरी भयो हमाला ? आर्मीको पोशाकमा आएका आतंककारी ३ बजेर ५ मिनेट जाँदा एयरफोर्स बेसमा पुगेका थिए । आतंककारीहरु हमालाको उद्धेश्यसहित नै आएका थिए र उनीहरु फायरिङ गर्दै स्टेशन घुसे । घटनाको दुई दिनअघि आतंककारीहरुले एयरफोर्समा घुसपैठ गरेको बताइएको छ । गत जुलाईमा पनि गुरदासपुर जिल्लाको दीनानगरमा आतंककारी हमाला भएको थियो । त्यतिबेला डेढ घन्टा चलेको फायरिङका क्रममा ७ पटक हमला भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप