बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

राजनीतिक समिति बनाएर सीमाङ्कन समस्या समाधानः नेता नेपाल

शनिबार, १८ पुस २०७२, १३ : १०
शनिबार, १८ पुस २०७२

विराटनगर–  नेकपा एमालेका नेता माधवकुमार नेपालले सीमाङ्कनका लागि राजनीतिक समिति बनाएर मधेस समस्याको समाधान गरिने बताएका छन् । नेकपा एमालेले आज विराटनगरमा आयोजना गर्ने कोसी अञ्चल कार्यकर्ता भेलामा सहभागी हुन आउनुभएका नेता नेपालले बिहान विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत मधेसी मोर्चासहितको राजनीतिक सहमतिमा सीमाङ्कनका लागि समिति निर्माण गरेपछि मधेस समस्या समाधान हुने उल्लेख गरे । उनले आफ्नो देशको समस्या समाधान गर्न कसैको मुख नताक्ने र आफूहरुले नै राजनीतिक सहमति बनाएर समस्या समाधान गर्न लागिपरेको बताए । नेता नेपालले नयाँ संविधान जारी भएपछि उत्पन्न भएको मधेस समस्या अब केही दिनभित्रै समाधान हुने दाबी गरे । नेता नेपालले वर्तमान सरकारले आफ्नो काम प्रक्रियाअनुसार गरिरहे पनि पर्याप्त नभएकाले धेरै काम गरेर थोरै कुरा गर्नु हितकर हुने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप