बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

वार्ताबाट देशको समस्या समाधान गरः विष्ट

शनिबार, १८ पुस २०७२, १४ : ००
शनिबार, १८ पुस २०७२

रौतहट–नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्टले दुइपक्षिय बार्ताको माध्यमले देशको समस्या समाधान गर्न दलहरुलाई आग्रह गरेका छन् । रौतहटको चन्द्रपुर स्थित होटेल हिमालयनमा आयोजित सुचनाको हक तथा खोजमुलक पत्रकारिता बिषयक पाँचदिने तालिमको उद्घाटन समारोहलाई संबोधन गर्दै उनले झण्डै चारमहिना लामो तराइमधेश बन्दले देशका सबै मिडिया हाउसहरु ध्वस्त र बन्दहुने अवस्थामा पुगेको बताए । उक्त अवधिमा पत्रकारितासंग संबन्धित देशभरीमा एकसय १४ वटा घटनाभएको बताउदै बर्तमान अवस्थामा पत्रकारहरु भौतिकरुपमा असुरक्षित रहेको स्पस्ट पारेका थिए । कार्यक्रमका प्रमुखअतिथी समेत रहेका डा.बिष्टले नेपाल अधिराज्यका संबिधान २०७२ले दिएको सुचनाको हकलाइ ब्यवहारीकरुपमा उतार्न पाँचदिने तालिमले सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप