बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नेताको मूल्याङ्कन गर्ने बेला आयोः सिटौला

शनिबार, १८ पुस २०७२, १४ : २१
शनिबार, १८ पुस २०७२

भीमदत्तनगर–नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताएका छन्  ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्चीमा पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गरे । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर्न उनले आग्रह गरे । त्यसैगरी नेपाली कांग्रेस देशकै अभिभावक रहेको धारणा राख्दै देशमा देखिएको नाकावन्दी, भुकम्प पिडीतहरुको समस्या समाधनका लागि कांग्रेसले निकास खोज्न भुमिका निभाउनुपर्नेमा सिटौलाले जोड दिए । राज्य पुर्नसंरचनामा कैलाली कञ्चनपुर प्रदेश नं ७ मै रहने स्पष्ट पार्दै उनले कैलाली कञ्चनपुरको संरचनाको निर्णय सिराहा, सप्तरीका जनताले गर्ने होइन भने । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप