बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनद्वारा वीरगन्जमा मशाल जुलुश प्रर्दशन

शनिबार, १८ पुस २०७२, १९ : १७
शनिबार, १८ पुस २०७२

वीरगंज -अनिश्चितकालिन मधेश बन्दलाई सक्त बनाउन शनिबार सांझ वीरगन्जमा संघीय समावेशी मधेशी गठबन्धनले माशाल जुलुश प्रदर्शन गरेको छ । वीरगन्जको घण्टाघर चोकबाट निकालिएको मशाल जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोकमा पुगी सम्पन्न भएको थियो । आइतबार देखी साईकल, मोटरसाईकल देखी सम्पूर्ण यातायात संचालनमा रोक लगाउदै बन्दलाई सशक्त बनाउन गठबन्धनले वीरगन्जमा मशाल जुलुश निकालेको हो । आइतबार देखी हुने सशक्त बन्दको क्रम्मा सम्पुर्ण यातायातका साधन, बजार, उद्योग वित्य संस्था सबै बन्द गरिने गठबन्धनका नेता एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले बताए । उहाँले केहि दिनका लागि बन्दलाई खुकुलो बनाएपछि सरकारले आन्दोलनलाई गम्भिर्ता पूर्वक नलिएकाले आईतबार देखी मधेश बन्द सश्क्त बनाउने बातए । मशाल जुलुशमा गठबन्धनका नेता शिव पटेल, पे्रम पटेल, राजकुमार यादव, शशि कपुर मिया, कदमरसुल, सरिफ महम्द, लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप