बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

 विश्व कीर्तिमानी किशोरी सुन्दरी रोमी क्लासिकमा अन्धी 

शनिबार, १८ पुस २०७२, १९ : २८
शनिबार, १८ पुस २०७२
 
वाशिंगटन डिसी -अहिलेका किशोर तथा किशोरीहरु मध्ये कै उदाउदो कलाकारको नाम लिनु पर्दा 'मिस टिन -२०१४' (किसोरी सुन्दरी २०१४ ) रोमी घिमिरेको नाम नलिदा अन्याय नै जस्तो हुन्छ l
 
उनि सानै देखि प्रतिभाशाली हुनुको साथै सिर्जनशील एवं मेहनती थिइन् l बहु प्रतिभाशाली रोमी बिस्तारै सफलताको शिखरको खुड्किलो चढ्दै छिन् l किसोरी सुन्दरी २०१४ को पदक प्राप्त संगै उनको जताततै चर्चा परिचर्चा भएको छ l उनि बिद्यालय जीवन देखि नै अतिरिक्त क्रियाकलाबमा निकै खप्पिस थिइन् l रोमी ५ वर्षको उमेरदेखि नै भजन गाउँथिन् भने कथा, कविताहरू लेखनमा पनि उनि कमजोरी थिईनन l
 
कलाकार रोमी भित्र रहेको निहित कलाकारिता स्वत स्फ्रुत आउने गरेकोले हेरेको भरमा नृत्य गर्न सिपालुको साथै रोमी वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूमा पनि प्रथम स्थान हासिल गर्थिन l
 
उनि एक रेडियो कार्यक्रममा प्रस्तोता भएर काम गर्ने अवसर पनि पाईन l जीवनमा केहि गरेर देखाउने रोमीले विश्व किर्तिमान गर्न बिबिध बिषयमा झन्डै सयौ व्यक्तिसंग अन्तर्वार्ता लिएर विश्व किर्तिमान गर्ने अवसर पनि जुराईन l
 
विश्व कै सबै भन्दा लामो म्याराथुन रेडियो बहस नामक कार्यक्रम युथ एफएम रेडियो मार्फत किर्तिमानको लागि प्रयास गरिन l हाल उक्त युथ एफएम रेडियो बन्द भएको छ l
 
विश्व किर्तिमान गर्ने क्रममा झन्डै एक दर्जन जति विश्व कीर्तिमानी ,कलाकार ,विशिष्ट व्यक्ति ,गायक ,गायिका ,चिकित्सक ,पर्वतारोही ,राजनैतिक व्यक्तित्व ,अभियन्ता तथा अन्य संग उनले ४८ घण्टा सम्म निरन्तर अन्तर्वार्ता रेडियो अन्तर्वार्ता लिईन l 
 
जुन किर्तिमान अमेरिकाका नागरिकले ४० घण्टा अन्तर्वार्ता लिएर किर्तिमान कायम गरेका थिए l र ,त्यसलाई तोड्ने काम रोमि घिमिरेले गरिन l
 
यसको अतिरिक्त उनि समाजको लागि केहि योगदान दिन चाहना राख्दछिन l किसोरी सुन्दरी भएपछि आफूमा जिम्मेवारी बढेको बताउदै केहि सामाजिक संघ संस्थामा संलग्न भै समाज सेवा गर्दा आनन्दको अनुभूति भएको बताउदछिन l 
 
उनि मदर जोय फाउन्डेसन कि उपाधक्ष्य समेत छिन् l सामाजिक सेवालाई ब्यबहारमा उतार्न हाल उनि सामाजिक कार्य बिषयमा नै स्नातक तहमा अध्ययनरत छिन् l 
 
कलाकार भएकोले किलो टाँगो माइक, हर्के हबल्दार तथा थुप्रै धाराबाहिकमा अभिनय गरिसकेकी रोमी को चलचित्रमा अभिनय गर्ने धोको पुरा भएको छ l
आगामी फेब्रुअरी १२ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा उनले ठुलो पर्दामा प्रथम पटक प्रथम अभिनय गरेको चलचित्र 'क्लासिक' प्रथम प्रदर्शन हुने भएकोले उनि उत्साहित भएकी छिन् l
 
उनको यो चलचित्रमा अत्यन्तै चुनौतीपूर्ण भूमिका रहेको छ भने उक्त चलचित्रमा अन्धी भएर अभिनय गरेकी छिन् l प्रेम बिषय वस्तुमा आधारित चलचित्र 'क्लासिक' नया स्वादमा भएको उनि बताउदछिन l पहिलो चलचित्र मै अन्धो भएर खेल्न पाउनु भनेको अहोभाग्य हो भनिन l
 
कथाबस्तु आफुलाई जचेकोले मौका पाए l र अभिनयमा कुनै कसर नछोड्ने तरिकाले अभिनय गर्ने कोसिस गरेको छु l उनको धमाकादार प्रस्तुतिलाई दर्शकले पक्कै पनि मन पराई दिनु हुनेछ भन्ने आफुलाई विश्वास लागेको बताइन l दर्शकले मैले अभिनय गरेका कामलाई हौसला पाएकोले ठुलो पर्दामा होमिएको हु रोमीले भनिन l दर्शकलाई निरासा बनाउने छैन भन्दै फेब्रुअरी छिटो आई दिए हुन्छ भन्ने लागेको बताईन l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप