मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘माटोको शहर’ लोमान्थाङ घुम्न जाने पर्यटक घटे

आइतबार, १९ पुस २०७२, १३ : १२
आइतबार, १९ पुस २०७२

मुस्ताङ– माटोको शहर भनेर चिनिने मुस्ताङको लोमान्थाङ उपत्यकामा एक वर्षमा भ्रमणका लागि जाने पर्यटकको सङ्ख्यामा ३५ प्रतिशतले कमी आएको छ ।

भूकम्प र तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण सन् २०१५ मा अघिल्लो वर्षभन्दा न्यून पर्यटक भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार लोमान्थाङमा सन् २०१४ मा चार हजार १४६ पर्यटक भित्रिएकोमा सन् २०१५ मा दुई हजार ६८६ पर्यटक भ्रमणमा आएका थिए ।

भूकम्पसँगै देशको राजनीतिक अस्थिरताका कारण पर्यटक आउन नसकेको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । सन् २०१५ को जनवरीमा १२, फेबु्रअरीमा ९, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९, जूनमा ३०, जुलाईमा ११५, अगष्टमा ३१८, सेप्टेम्बरमा ४१८, अक्टोबरमा ८५५, नोभेम्बरमा ३०२ र डिसेम्बरमा २९ पर्यटक लोमान्थाङ उपत्यका भित्रिएको तथ्याङ्क छ ।

लोमान्थाङ भित्रिने अधिकाँश पर्यटक अमेरिका, अष्ट्रेलिया र स्पेनका रहेका बताइएको छ । “कम्तिमा उनीहरु तीन दिन र बढीमा १५ दिनसम्म लोमान्थाङमा बस्ने गरेका छन्” शेरचनले भने । करिब एकहजार बढी पर्यटकले लोमान्थाङ भ्रमण रद्ध गरेका छन् । तिब्बती कला संस्कृतिको अध्ययन, पूर्वमुस्ताङी राजाको दरबार, माटोले निर्मित भौतिक संरचना र प्राकृतिक सुन्दरता नै लोमान्थाङको मूख्य आकर्षण हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप