बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

२२ वर्षकै उमेरमा होनहार अङ्ग्रेजी क्रिकेट खेलाडी हबडेनको मृत्य

सोमबार, २० पुस २०७२, ११ : ०८
सोमबार, २० पुस २०७२

बेलायत– बेलायती उदीयमान क्रिकेट खेलाडी म्याथ्यु हबडेनको २२ वर्षकै कलिलो उमेरमा निधन भएको छ ।

इङ्ग्ल्यान्ड र वेल्सको क्रिकेट बोर्डले हबडेनको मृत्यु भएको खबर आइतबार घोषणा गरेका छन् ।

तर, प्रसिद्ध अङ्ग्रेजी क्रिकेट खेलाडी हबडेनको मृत्यु के कारणले भएको भन्नेबारे बोर्डले बताएको छैन ।

हबडेन सिम बलरका रुपमा एक प्रतिभाशाली खेलाडीका रुपमा गएका दुई वर्षमा लगातार चुनिएका थिए ।

उनी राष्ट्रिय क्रेकेटका लागि ससेक्स (दक्षिण इङ्ग्ल्यान्ड) बाट खेल्ने गर्थे ।

“एक खेडालीका रुपमा सर्वप्रथम मैले हबडेनलाई सोचेर खेल्ने क्रिकेट खेलाडीको रुपमा पाए,” केभिन साइनले भने । उनले भने, उनको प्रतिभा बृहद् थियो र उनी इङ्ग्ल्यान्डको केही स्मरणयोग्य प्रतिभाशाली खेलाडीमा पर्छन् ।

यसैबीच हबडेनको मृत्युको घोषणापछि इङ्ग्ल्यान्डको क्रिकेटरले शोकस्वरुप हातमा कालो रिबन बाँधेर दक्षिण अफ्रिकाको केप टाउनमा आतइकार भएको दोस्रो टेस्टको दोस्रो दिनको खेल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप