बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अठार लाखको अवैध सहमानसहित तीन पक्राउ

सोमबार, २० पुस २०७२, ११ : ३९
सोमबार, २० पुस २०७२

पर्सा–मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यपार फस्टाउँदै गएको छ । आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान नेपाल भित्रिने क्रम बढेको हो ।

यसै क्रममा आज बिहान वीरगन्जबाट काठमाडौंतर्फ लैजान लागेकोे करिब रु तीन लाख मूल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयाबाट ना.३३०१ नम्बरको टाटा सुमोमा राखेर काठमाडौं लैजान लागिएको कपडासहित कारोबारीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

रक्सौलबाट वीरगन्ज भित्र्याइएको कुर्ता सुरुवाल, सटिङसुटिङको कपडा राखी लैजाने क्रममा प्रहरीले कारबाही गर्दा २०० पिस कुर्ता सुरुवाल र सटिङसुटिङ थान कपडासहित सुमो चालक काठमाडाँै ललितपुर थैवा निवासी नवीन कुवँर, छपकैया २ निवासी महम्द फिरोज र महम्द अनवरलाई नियन्त्रणमा लिएको निरीक्षक मल्लले बताए ।

त्यसै वीरगन्जको विभिन्न स्थानबाट एक साताभित्र प्रहरीले रु १५ लाख मूल्य बराबरको केबुलवायर, कपडा, सुर्ती, जुत्ताचप्पल, खाद्यान्नलगायतका विभिन्न वस्तु बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

बरामद गरिएको समान र पक्राउ गरिएका व्यक्तिलाई बाहनसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप