बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

एमाले नेता तथा पूर्वमन्त्री पण्डित अस्पताल भर्ना

सोमबार, २० पुस २०७२, १२ : १६
सोमबार, २० पुस २०७२

काठमाडौँ–नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन् ।

उनलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना भएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उनको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप