बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विषादीका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गिद्ध मरेको पुष्टि

सोमबार, २० पुस २०७२, १२ : २०
सोमबार, २० पुस २०७२

कञ्चनपुर–शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ ।

आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध अरू कारणले नभई विषादी राखेको सिनो खाँदा मरेको बताउनुभएको छ । “पशु सेवा कार्यालयका प्राविधिकहरुले गिद्ध मर्नुको कारण विषादी नै भएको पुष्टि गरेका छन्”, उनले भने ।

गाई मरेको क्षेत्रनजिकका स्थानीय बासिन्दालाई कार्यालयमा बोलाई घटनाबारे विस्तृतरुपमा बुझ्ने कार्य भइरहेको संरक्षण अधिकृत ढकालले बताए । खरखडाइका लागि आरक्षको पिपरैया र बर्कोला क्षेत्र खुला गरेको अवस्थामा पुस ९ गते १२ वटा र १० गते छवटा गरी १८ वटा गिद्ध मरेको अवस्थामा फेला परेका थिए ।

गिद्ध मरेको ठाउँनजिकै दुईवटा गाईसमेत मरेका थिए । मरेको अवस्थामा फेला परेका गिद्धको थप परीक्षण गर्न धनगढी र काठमाडौँ पठाइए पनि परीक्षणको प्रतिवेदन अझै आएको भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप