बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

खानेपानीको पाइपलाइन विस्तारसँगै २५० परिवार लाभान्वित

सोमबार, २० पुस २०७२, १२ : २३
सोमबार, २० पुस २०७२

झापा– झापाको शनिअर्जुन नगरपालिका–२ स्थित गरुवा बस्तीमा खानेपानीको पाइपलाइन विस्तार गरिएको छ ।

खानेपानी विस्तार उपभोक्ता समिति शनिअर्जुन नगरपालिका–२ को अगुवाइमा साढे तीन किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएसँगै सो क्षेत्रका २५० घरपरिवार लाभान्वित भएका हुन् ।

गरुवा बस्तीदेखि विरिङको फूलमती खोला किनारसम्म रु ११ लाखको लागतमा खानेपानीको पाइपलाइन विस्तार गरिएको समितिका संयोजक तुलसी श्रेष्ठले बताउनुभयो । शनिअर्जुन नगरपालिका र खुदुनाबारी, अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा भएको पाइपलाइन विस्तार गर्न स्थानीयवासीले समेत जनश्रमदान गरेको बताइएको छ ।

स्थानीयवासीले दुई लाख मूल्यबराबरको श्रमदान गरेको र शनिअर्जुन नगरपालिकाले रु पाँच लाख तथा खुदुनाबारी, अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चार लाख रुपैयाँ प्रदान गरेको समितिका संयोजक श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप