बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने : मन्त्री चौधरी

सोमबार, २० पुस २०७२, १२ : ३२
सोमबार, २० पुस २०७२

पोखरा– स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताएका छन् ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताए । उनले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उनले त्यसको समग्र सुधारका लागि आफू लागेको बताए । पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले दु्रत रुपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको छ भने ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उनले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप