बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति पौडेल भारत प्रस्थान

सोमबार, २० पुस २०७२, १५ : ४६
सोमबार, २० पुस २०७२

काठमाडौँ–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानुभएको उनको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्ने बताइएको छ ।

काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप