बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकता गर्ने मधेसी नै देशको सच्चा मधेसी : अध्यक्ष दाहाल

सोमबार, २० पुस २०७२, १५ : ५८
सोमबार, २० पुस २०७२

महोत्तरी–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता गर्ने मधेसीहरु नै देशको सच्चा मधेसी हुने बताएका छन् ।

दुई नम्बर प्रदेशको दुईदिने बैठकमा सहभागी हुन महोत्तरीको बर्दिवास आएका अध्यक्ष दाहालले पत्रकारको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । “मधेसवादी दलले जति छिटो नाकाबन्दी खोल्छ त्यति छिटो नै उनीहरुलाई देशका जनताले राष्ट्रिय नेता भन्ने छन्”, उच्च राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका दाहालले भने, ‘‘सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षबीच आइतबार साँझ भएको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको छ । अब छिटै मुलुकले निकास पाउँछ ।’’

एकीकृत नेकपा ९माओवादी०ले आन्दोलनकारी र सत्ता पक्षबीच पुलको काम गरिरहेको बताउँदै उनले एमाओवादी सरकारमा गएदेखि नै मधेसी, थारूलगायतको समस्या समाधान गर्न निरन्तर पहल र प्रयासरत रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले संसद्मा दर्ता भएका दुई विधेयक पनि आफूहरुकै कोशिसमा अघि बढेको उनले दाबीसमेत गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकार छाड्ने कुरा बिल्कुलै गलत रहेको बताउँदै बाबुराम भट्टराईलगायत नेताहरु पार्टी छाडेर गए पनि वास्तविक माओवादी पार्टीमै रहेका छन् भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप