बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नाइजेरियाको बन्दगाहमा ७५० विदेशी अड्किए

सोमबार, २० पुस २०७२, १७ : ०१
सोमबार, २० पुस २०७२

लागोस– आठ वटा पश्चिमी अफ्रिकी राष्ट्रका ७५० भन्दा बढी नागरिक नाइजेरियाको बन्दगगाह क्यालाबरमा अड्किरहेका अधिकारीहरुले शनिबार जानकारी छन् ।

उनीहरु सवार रहेको डुङ्गामा समस्या आएपछि क्रिसमसदेखि नै ती व्यक्तिहरु त्यहाँ फसेका बताइएको छ ।

सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरुका ७५८ जना व्यक्ति यात्रा गरिरहेका थिए । गत डिसेम्बर २५ का दिन एक नदी पार गरिरहेको अवस्थामा सो डुङ्गामा रहेका इञ्जिनहरुमा एक इञ्जिन नै विस्फोट भएपछि ती व्यक्तिहरु बन्दरगाहमा नै फसेका राज्य सङ्कटकालीन व्यवस्थापन निकाय ९सेमा ० ले बताएको छ ।

सेमाका अनुसार सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरु टोगो, बुर्किना फासो, सेनेगाल, सिर्रा लिओन,घाना, माली, नाइजर र गिनीका नाागरिकहरु रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप