बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनचाहना अनुसार योजना बन्नुपर्छ : राज्यमन्त्री शाही

मङ्गलबार, २१ पुस २०७२, १२ : १०
मङ्गलबार, २१ पुस २०७२

दैलेख–स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले जनताका चाहनाअनुसार विकासका योजना बन्नुपर्ने बताएका छन् ।

दुल्लु नगरपालिकाको तेस्रो नगर परिषद्मा उनले जनताको आवश्यकताका आधारमा र लक्षित वर्गको बजेट विनियोजन गरी सदुपयोग हुनुपर्ने बताए । “नेता र पहुँचवालाकै दबदबामा योजना बाँड्ने परम्परा तोड्न सबैले चनाखो भएर लाग्नुपर्छ”, उनले भने, “लक्षित वर्गसम्म बजेट पुगे नपुगेको अनुगमन हुनुपर्छ । ” आव २०७३।७४का लागि रु आठ करोड सैंतीस लाख १९ हजार १०० बजेट नगरपालिकाका कार्यकारी अधिकृत दीपेन्द्र शाहीले प्रस्तुत गरे । पुँजीगततर्फ रु चार करोड ३२ लाख ८९ हजार १०० र चालुतर्फ रु चार करोड चार लाख १९ हजार १०० प्रस्ताव गरिएको छ । विसं २०७१ वैशाखमा दुल्लुका छ गाविस मिलाएर नगरपालिका घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप