बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राजेश हमालको सार्वजनिक भयो यस्तो तस्बीर

मङ्गलबार, २१ पुस २०७२, १३ : ०८
मङ्गलबार, २१ पुस २०७२

काठमाडौं– फिल्मी दुनियामा महानायक राजेश हमाल नयाँ गेटअपमा देखिने भएका छन् । निधारमा टिका, नाकमा फुली, ओठमा लाली, हातमा रातो चुरा अनि सारी र ब्लाउज । यो एउटा पूर्ण नारीले पहिरिने पहिरन हो ।

तर, छायाँकनरत फिल्म ‘शकुन्तला’ मा महानायक हमाल यस्तै नारीले पहिरिने पहिरनमा प्रस्तुत भएका छन् , त्यो पनि तेस्रो लिंगीको भूमिकामा फिल्मको छायाँकन सुरु हुनु पुर्व आयोजित प्रेसमिटमा महानायक हमालले ‘सकुन्तला’ को शिर्ष भूमिकामा ‘महिला या पुरुष’ जो पनि हुन सक्ने बताएका थिए ।

तर, बुझिए अनुसार राजेश नै ‘शकुन्तला’ हुन्, जो तेश्रोलिङ्गी समुदायमा पर्न आउँछन् । निर्देशक दिनेश श्रेष्ठले पनि महानायक हमालले आफ्नो फिल्ममा तेश्रोलिङ्गीको भूमिका निर्वाह गरिरहेको स्विकार गरेका छन् ।

तर उनले यस प्रकारको भूमिका कुनै एक दृश्यमा मात्रै हो या पूरै फिल्ममा हो भन्ने चाहिँ सस्पेन्स राखेका छन् । महानायक हमालको यो भूमिकालाई गोप्य राख्न चाहेपनि आफ्नै निर्माण युनिटबाट तस्बिर बाहिरिएको समेत निर्देशक श्रेष्ठले खुलाए ।

राजधानी आसपास ‘लोकेशन’ रहेको ’शकुन्तला’ को ७० प्रतिशत छायाँकन सकिसकेको छ, जसको प्रदर्शन लक्ष्य आउँदो सालको वैशाखलाई राखिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा महानायक हमालसँगै किशोर खतिवडा र नायिका अनु शाह मुख्य भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप