मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस वर्षको घुम्नै पर्ने १० देशको सूचिको पहिलो नम्बरमा नेपाल पर्‍यो

मङ्गलबार, २१ पुस २०७२, १५ : १४
मङ्गलबार, २१ पुस २०७२

काठमाडौं–सन् २०१६ मा घुम्नै पर्ने १० देशको सुचिमा नेपाल पहिलो नम्बरमा परेको छ । ट्राभलसम्बन्धी अमेरिकी वेवसाइट रफगाइड्सले सन् २०१६ मा घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई पहिलो सूचिमा राखेको हो । नेपालाई घुम्नै पर्ने देशको पहिलो सुचिमा राख्दै साइटमा उल्लेख गरेको छ, ‘विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनका कारण नेपालको पर्यटन उद्योग तहसनहस भएको छ । सयौं हजार जनता घरबारविहिन भएका छन् भने अझैं पनि मानिसहरु पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन सकेका छैनन् । देशका एतिहासिक सम्पदाहरु विस्तारै पुर्ननिर्माणको क्रममा छन् । टे«किङ रुटहरु विस्तारै खुल्दै छन् ।’ साइटमा स्थानीय स्तरमा होम स्टेसमेत रहेको र त्यहाँ खर्च हुने डलर तल्लो तहसम्म पुग्ने भन्दै भूगोलको अनुपम स्वरुप रहेको नेपाल पर्यटकको पहिलो रोजाईमा पर्न सक्ने उल्लेख गरिएको छ । यस्तै २०१६ को घुम्नै पर्ने देशको दोस्रो सूचिमा कोलम्बिया रहेको छ भने तेस्रोमा क्युवा, चौथोमा जोर्डन, पाचौंमा अल्बानिया, छैटौंमा रोमानिया, सातौंमा अल साल्भाडोर, आठौंमा वेल्स, नऔंमा केन्या र पुछारमा श्रीलंका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप